२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


१० महिना मै तयार भयो मोटरेबल पुल


0
Shares

सोलुखुम्बु, चैत २५ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ खोरियाको सोलुखोलामा १० महिनामै ३० मिटर लामो मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

ठेक्का लिएको वर्षौंसम्म पनि कतिपय पुल निर्माण नभइरहेका अवस्थामा सोलुमा भने निर्धारित समयमै पुल निर्माण भएको हो । पुलको उद्घाटन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बेलीडाँडा–साल्मे सडकको पहिरोले वर्षेनि सास्ती दिइरहेका बेला वैकल्पिक मार्गको रुपमा खोरिया बाघखोर सडक सञ्चालनका पुलले सहज भएको बताए ।

७५ टन भारवहन क्षमता भएको खोरिया पुल नगरपालिकाको विकास बजेट, अपरसोलु हाईड्रो पावरको सामाजिक उत्तरदायित्वको रकम र तत्कालिन जिल्ला विकास समितिको पर्यटन रोयल्टीको बजेट गरी करिब ५ करोडको लगानीमा निर्माण सम्पन्न भएको हो ।

निर्माणको जिम्मा लिएको सिई कन्स्ट्रक्सन कम्पनीले तोकिएकै समयमा गुणस्तरीय पुल निर्माण गर्नु खुसीको कुरा भएको अपर सालु हाईड्रो पावरका साईड ईन्चार्ज मार्कन्डेय न्यौपानेले बताए ।