१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


उपराष्ट्रपति पुनः स्वदेश फिर्ता, स्वागत् गर्न एअरपोर्ट पुगे प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज ५ । असंलग्न आन्दोलन (नाम) मा संलग्न मुलुकको १७औं शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार स्वदेश फर्किएका छन् ।

भदौ २९ गते नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै भेनेजुएला प्रस्थान गरेका उपराष्ट्रपति पुन बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

उपराष्ट्रपति पुनलाई स्वागत् गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशंकर चौधरी, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनको स्वागत्मा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गातिा टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।

साथै उनी भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गरेको रात्रिभोजमासमेत सहभागी भएका थिए ।

बैठकमा नेपाली प्रतिनिधिमन्डलका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले नेतृत्व गरेका थिए । रासस