Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


उदयपुरमा चट्याङ लागेर दाजुभाइको ज्यान गयो


0
Shares

उदयपुर, असोज ५ । उदयपुरको सिद्धिपुर गाविसमा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर, सिद्धिपुरका ५५ वर्षीय चक्रबहादुर मगर र उनका ५७ वर्षीय दाजु जगतबहादुर मगर रहेका छन् ।

घरमै बसिरहेकाबेला उनीहरुलाई मध्याह्न १२ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।