
फाइल फोटो
धादिङ, असोज ५ । धादिङका प्रमुख जिल्ला अधिकारी र जिल्ला वन प्रमुखले धादिङस्थित विद्युत् प्राधिकरणका कार्यालय प्रमुखलाई बुधबार करिब तीनघन्टा नियन्त्रणमा लिएर छाडेका छन् ।
सामुदायिक रेडियो र रेडियो धादिङको विद्युत्लाइन काट्न दिएको निर्देशन नटेरको भन्दै प्राधिकरण प्रमुख सत्यनारायण गामीलाई नियन्त्रणमा लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी र जिल्ला वन अधिकृत इमनाथ पौडेलले प्राधिकरण प्रमुखलाई तीनघन्टा नियन्त्रयामा लिएर छाडेका हुन् ।
प्राधिकरण प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको भन्दै प्राधिकरणका कर्मचारीले जिल्लाभर बिजुली काट्ने चेतावनी दिएपछि गामीलाई छाडिएको हो ।
प्रतिक्रिया दिनुहोस्