१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


पर्खालले किचेर सात वर्षीया बालिकाको मृत्यु


0
Shares

संखुवासभा, असोज ५ । संखुवासभामा पर्खालले किचेर सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

खाँदबारी–११ स्थित बिदाइ चौतारामा बुधबार बिहान पर्खाल भत्केर किच्दा साता वर्षीया मुना श्रेष्ठका मृत्यु भएको हो ।

बिहान उठेर शौचालय जाँदैगर्दा एक्कासि पर्खाल भत्केर बालिकालाई किचेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।