१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


विद्यार्थीले उपकुलपति र रजिष्ट्रार थुने


0
Shares

कन्चनपुर, असोज ५ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पढाइ सुचारु हुनुपर्ने माग राखेर विद्यार्थीहरुले उपकुलपति र रजिष्ट्रारलाई सभाकक्षमा थुनेका छन् ।

विगत एक सातादेखि प्राध्यापकहरुले गरेको ‘पेनडाउन’का कारण पढाइमा अवरोध भएको भन्दै विद्यार्थीहरुले उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार विजराज भट्टलाई बुधबार तीनघन्टा कार्यकक्षमा थुनेका हुन् ।

विश्वविद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था र दुई महिनादेखि सेवा आयोगमा लगाएको ताला खोल्नुपर्ने माग राखेर विज्ञान संकायका प्राध्यापकहरुले गत सातादेखि पेनडाउन गरेका छन् ।