
काभ्रे, असोज ५ । काभ्रेको विकट क्षेत्र मानिने मिल्चे–२ का ८५ वर्षीय माइला तामाङलाई बुधबार नागरिकता प्रदान गरिएको छ ।
राम्रोसँग बोल्न नसक्ने र कानसमेत नसुन्ने तामाङलाई प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले आफ्नो कार्यकक्षमै डाकेर नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता नहुँदा उनी अहिलेसम्म बृद्धभत्ताबाटसमेत बन्चित रहँदै आएका थिए ।
तामाङको नागरिकता बनाउन यसअघि पनि पहल भएकोमा कागजात नपुग्दा नागरिकता नबनेको बताइएको छ ।
तर, योपटक स्थानीय गाउलेहरुको सर्जिमनको आधारमा प्रक्रिया पुर्याएर ८५ वर्षीय बृद्धलाई नागरिकता दिएको सीडीओ पन्थीले बताए ।
प्रतिक्रिया दिनुहोस्