३० असार २०८२, सोमबार | Tue Jul 15 2025


भारत–पाकिस्तान तनावः भारतले पाकिस्तानमाथि यही महिना आक्रमण गर्ने !


0
Shares

काठमाडौं । पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।

पाकिस्तानले विश्वसनीय गुप्चतर सुचनाअनुसार यही अप्रिल महिनामै भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको हो ।

तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ ।

पाकिस्तानी विदेश मन्त्री शाह मेहमूद कुरेशीले भारतले १६ देखि २० अप्रिलको बीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएका हुन ।

गत फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामा आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि भारतले बालकोट क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।

सो आक्रमणमा पाकिस्तानी सेनाले एक भारतीय विमान खसालेको थियो र विमानका चालकलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणका लिइएका विमान चालकलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो ।

तर त्यसले पनि दुई देशबीचको सम्बन्धमा कुनै सुधार आउन सकेको छैन ।

पाकिस्तानले आरोप लगाएलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयको गैरजिम्मेवार तथा अनावश्यक आरोपलाई भारतले सीमा क्षेत्रमा युद्धको उन्माद फैलाउनु पाकिस्तानको उद्देश्य रहेको जनाएको छ ।

पाकिस्तानमा रहेका आतंकवादीलाई भारततर्फ आक्रमण गर्न उक्साउनका लागि पाकिस्तानी विदेश मन्त्रीको यस्तो भनाइ आएको भारतीय पक्षको आरोप छ ।

भारतले सम्भावित आतंकवादी आक्रमणसँग जोडिएका जानकारी साझा गर्न पनि पाकिस्तानलाई आग्रह गरेको छ ।(एजेन्सी)