Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


निर्माण व्यवसायीद्वारा पर्यटनमन्त्रीको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असोज ५ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले देश निर्माणको जिम्मेवारी स्वदेशी निर्माण व्यवसायीकै काँधमा आएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमन्डललाई बुधवार आफनै कार्यकक्षमा भेट्दै मन्त्री शाहीले विकास निर्माणसँग सम्बन्धित् सबैपक्ष जिम्मेवार भएर अघि बढेमा मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने बताए ।

निर्माण व्यवसायीहरुले विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीका कारण पूरा हुन नसकेका परियोजनाहरुको म्याद एक वर्षका लागि थप गर्ने माग गरेको सन्दर्भमा मन्त्री शाहीले सबै व्यवसायीहरुको हकमा यो माग कार्यान्वयन गर्न नसकिने स्पस्ट पारे ।

तर, वास्तविक अर्थमा पीडित व्यवसायीहरुको सन्दर्भमा भने म्याद थपका लागि सरकार सकारात्मक रहेको बताएको महासंघले जनाएको छ ।