
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जना स्पेनिस नागरिकको मृत्यु भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेपछि उनको मृत्यु भएको हो ।
एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालि मार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिकमध्ये अलबेटोको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्