Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मर्ज पूरा गरेका संस्थाहरुले १५ दिनभित्र शेयर कारोबार सुरु गर्नुपर्ने धितोपत्र बोर्डको निर्देशन


0
Shares

काठमाडौं, असोज ५ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताहरुले नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा अनिवार्य बैंक खाता राख्ने व्यवस्था गर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ ।

बोर्डले डिम्याट खाता खोलिसकेका लगानीकर्ताको हकमा बैंक खातासम्बन्धी विवरण अनिवार्य अद्यावधिक गर्ने व्यवस्था पनि निर्देशन दिएको छ ।

बोर्डले सार्वजनिक निश्कासन, हकप्रद तथा डिम्याट खाता सन्चालन सहज बनाउन सीडीएससी, मर्चेन्ट बैंकर र सूचीकृत कम्पनीहरुलाई विभिन्न निर्देशन दिनेक्रममा सीडीएससीलाई उक्त निर्देशन दिएको हो ।

यस्तै, बोर्डले अर्थतन्त्र र जनसंख्याको केन्द्रलाई दृष्टिगत गरी सर्वसाधारण लगानीकर्तालाई सहजरुपमा फारम प्राप्त गर्ने तथा बुझाउनसक्ने गरी पर्याप्तमात्रामा संकलन केन्द्रहरुको व्यवस्था गर्न मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ ।

प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा महिला लगानीकर्ताहरुको लागि सहजताका लागि आवश्यक्तानुसार छुट्टै काउन्टर/लाइनको व्यवस्था गरी फारम भर्नसक्ने व्यवस्था गराउने लगायतका निर्देशन बोर्डले दिएको छ ।

सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्न भइ एकीकृत कारोबार सुरु भएसँगै बढीमा १५ दिनभित्र अनिवार्यरुपमा शेयर कारोबार हुने व्यवस्था मिलाउन पनि बोर्डले सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।