२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सप्तरीमा हैंजा फैलियो, ‘व्याक्टेरियम भिव्रिया कोलेरी’को जिवाणु भेटियो


0
Shares

सप्तरी, असोज ६ । सप्तरीको कोइलाडी गाविसमा गत शुक्रबारदेखि फैलिएको झाडा–पखालाका दुई जना बिरामीमा ब्याक्टेरियम भिव्रियो कोलेरा नामक जिवाणु देखिएको छ ।

गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा उपचारका लागि भर्ना भएका दुई जनामा ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रदूषित पानी र खानेकुराका माध्यमबाट फैलिने उक्त जिवाणु कोईलाडी–२ का सोनीदेवी मण्डल र सचिया मण्डलमा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले जानकारी दिए ।

उनका अनुसार हैजाको प्रकोप फैलाउन भिव्रियो कलेरी ‘ओ १’ र ‘ओ १३९’ प्रजातिको जिवाणु जिम्मेवार भए पनि ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिनासाथ हैजा भएको मानिन्छ ।

सप्तरीको कोइलाडी गाविसमा करिब पाँच दर्जन मानिस झाडापखालाले ग्रसित रहेकाले आवश्यक औषधिसहित जनस्वास्थ्यबाट टोली पठाइएको छ ।