१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


संरक्षण नहुँदा सत्खलुवा तालको विजोग(भिडियो हेर्नुहोस)


0
Shares

-यादव आचार्य, ईमेज

बर्दिया, असोज ६ । नेपालका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । सिमसार क्षेत्र संरक्षणका नाममा अर्बौं रुपैयाँ लगानी गरिएको भए पनि अतिक्रमण नियन्त्रण हुन सकेको छैन ।

कतिपय पर्यटकीय सिमसार क्षेत्र ओझेलमा समेत पर्दै आएका छन् । चुरे क्षेत्र नजिकै रहेको बर्दियाको धधवार गाविसस्थित पर्यटकीय सत्खलुवा ताल ओझेलमा परेको छ ।

नेपालमा सीमसार क्षेत्रको संरक्षणका नाउँमा अरवौं रुपैयांको खोलो वगाएपनि जोखिममा रहेका प्राकृतिक सीमसार क्षेत्रहरु सुक्दै गएका छन् ।

दाताहरुले सीमसार क्षेत्रको संरक्षणमा दीर्घकालिन योजना नल्याउँदा सीमसार क्षेत्रमा गरिएको लगानी खेर गएको हो ।

बर्दियाको धधवार गाउँ विकास समितिमा रहेको प्राकृतिक सत्खलुवा ताल संरक्षणमा चाँसो नदिँदा ओझेलमा परेको छ ।

सतञ्जी, सतपटुवा र सत्खलुवा तीन वटा प्राकृतिक ताल रहेको सत्खलुवाताल ६० विगाहा क्षेत्रफलमा फैलिएको छ ।

हिँउँदमा चारैतिरको पानी सुक्दा समेत सत्खलुवा तालमा पानी रही रहने हुँदा जरायो, वाघ, विभिन्न चराचुरुङ्गी लगायत अजिङ्गरको समेत तालक्षेत्र वासस्थान वनेको ताल संरक्षण समितिका अध्यक्ष सुनिल चापागाइ बताउँछन् ।

प्राकृतिक सौन्दर्य र विशेषता वोकेको सत्खलुवा ताल पूर्व–पश्चिम महेन्द्र राजमार्गको उत्तर चुरेको काखमा अवस्थित छ । र्दुलभ रातो कमलको फूल यो तालमा हेर्न पाईन्छ ।

ताल र त्यहाँका प्राकृतिक सुन्दरताको संरक्षण गरिदिन स्थानीयले सरकार र संघ संस्थासँग माग गरेका छन् ।

प्रशस्त पर्यटकिय गन्तव्यको सम्भावना वोकेको सो ताल राज्य र संघ संस्थाहरुको नजरमा नपर्दा ओझेलमा परेको स्थानीयको वुझाई छ ।

सत्खलुवा ताल प्राकृतिक गन्तव्यको प्रशस्त सम्भावना वोकेको क्षेत्र हो । चुरेको नजिकै रहेकाले पनि ताल क्षेत्र मनमोहक रहेको पाईन्छ ।

तसर्थ तालको दीगो संरक्षण गर्दै पश्चिम नेपालको पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु जरुरी देखिन्छ ।