१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


अर्नाको आक्रमणबाट एकजनाको मृत्यु


0
Shares

सुनसरी, असोज ६ । सुनसरीको पश्चिम कुसाहा–४ मा बिहीबार विहान अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोशीटप्पु वन्यजन्तु नजिकै चौपाया चराउन गएका स्थानीय ५५ वर्षीय मुसरु यादवलाई बिहान अर्नाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकहीबाट प्रहरी टोली खटिई कानूनी प्रकृया पुरा गरी घटनाबारे अनुसन्धान शुरु गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।