
फाइल फोटो
लहान, असोज ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको धनगढीमाई नगरपालिका–१ मा विहीबार बिहान अज्ञात सवारी–साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारी–साधनको ठक्करबाट नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
यस्तै, सिरहाको धनगढीमाई नगरपालिका–१३ मा बुधबार साँझ इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय हरिनारायण यादवको सात वर्षीया छोरी अन्जली खेल्नेक्रममा चिप्लेर इनारमा खसेकी थिइन् ।
छिमेकीले उनलाई खसेको देखेपछि निकाल्न लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्