
काठमाडौं, असोज ६ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै अनशन बसेकै अवस्थामा गोरखा, फुजेलमा नन्दप्रसाद अधिकारीको मृत्यु भएको दुई वर्ष पुगिसक्दा पनि उनको शवको दाहसंस्कार भएको छैन ।
२०७१ साल असोज ६ गते मृत्यु भएका अधिकारीको शव दुई वर्षदेखि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ ।
अधिकारीको निधनपछि दोषीहरुलाई कारबाहीका लागि संघर्ष जारी राख्दै आएकी अधिकारीकी श्रीमती गंगामायाले माग पूरा नभएसम्म श्रीमान्को दाहासंस्कारसमेत नगर्ने बताएकी छन् ।
पछिल्लो समय चितवन जिल्ला अदालतले गंगामायासँग पनि छोरा कृष्णप्रसादको हत्याबारे बयान लिएको छ ।
तरपनि गंगामाया भने न्याय पाउनेमा रतिभर विश्वास नभएको बताउँछिन् ।
जिल्ला अदालत चितवनले कृष्णप्रसाद हत्याबारे आगामी आइतबार सुनुवाइ गर्ने तय भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्