Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रसुवागढी भन्सार कार्यालयबाट भन्सार असुली १२ दिनपछि सुरु


0
Shares

रसुवा, असोज ६ । १२ दिनसम्म ठप्प रहेको रसुवागढी भन्सार कार्यालयबाट विहीबारदेखि भन्सार उठाउने काम सुरु भएको छ ।

रसुवा–बृद्धिमको लिङलिङमा पहिरो गइ सडक अवरुद्ध भएका कारण भन्सारको काम पनि ठप्प भएको थियो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुकाअनुसार अहिले यस भन्सारबाट दैनिक एक करोडभन्दा माथि राजश्व उठिरहेको छ ।

१२ दिनसम्म भन्सारको कारोबार नहुँदा टिमुरेको अस्थायी ड्राइपोर्टमा केरुङबाट सामान लिएर आएका सयौं कन्टेनरहरु थन्किएका थिए ।