Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अविरल वर्षाले कन्चनपुरमा पाक्नेबेलाको धान नस्ट


0
Shares

कन्चनपुर, असोज ६ । अविरल वर्षाका कारण कन्चनपुरमा धानबाली नस्ट भएको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण कन्चनपुरको ब्रम्हदेव, दोधाराचाँदनी, भीमदत्तनगर, बेदकोट, झलारी, बेल्डाँडी, बेलौरी पुनर्वास, कृष्णपुर, शंकरपुरलगायतका स्थानमा धानबाली नस्ट भएको हो ।

पाक्नेबेला भएको धान नस्ट भएपछि किसानहरु चिन्तामा परेका छन् । कन्चनपुरका अधिकाँश क्षेत्रमा काटिएको धान झिजेको छ भने नकाटेको धान ढलेको छ । तरकारीको बीउसमेत नस्ट भएको किसानहरुले बताएका छन् ।

उता, कन्चनपुरको चौधर, दोदा, झर्नाखोलालगायतका खोलानालामा आएको बाढीका कारण झन्डै पाँच सय बिगाहभन्दा बढी क्षेत्रको धान बगाएको जिल्ला कृषि विकास कार्यालय कन्चनपुरले जनाएको छ ।