
धादिङ, असोज ६ । त्रिभुवन राजपथअन्तर्गत् धादिङको नौबिसे–४ कानाकोटमा विहीबार अपराह्न टिप्पर ट्रक र माइक्रोबस ठोक्किँदा माइक्रोचालकसहित १० जना घाइते भएका छन् ।
काठमाडौंबाट बैरेनीतर्फ जाँदै गरेको बा४ख २८९६ नम्बरको टिप्परले पोखराबाट काठमाडौं आउँदै गरेको बा३ख ६१६५ नम्बरको माइक्रोबसलाई ठक्कर दिएको थियो ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
दुर्घटनापछि टिप्परचालक फरार छन् ।
प्रतिक्रिया दिनुहोस्