
काठमाडौं, असोज ६ । मनास्लु पदमार्गको उहिया दोभानखन्डमा झरेको पहिरोमा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल ल्याइएका १५ घाइतेमध्ये एक विदेशीको मृत्यु भएको थियो । यसअघि चारजनाको मृत्यु भएको थियो ।
पहिरोमा परी काठमाडौंका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुंगाका रञ्जना बस्नेत र एक स्पेनीको मृत्यु भएको छ ।
घाइतेलाई इजी हेलिकोप्टरले काठमाडौं ल्याएको थियो । पहिरोमा परी १७ जना घाइते भएकामा १५ जनामात्र अस्पताल ल्याइएको थियो । तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन ।
घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. अभय यादवले राससलाई जानकारी दिए ।
पर्यटक पथ प्रदर्शक उत्तम राईकाअनुसार विहीबार बिहान करिब ९ बजे मनास्लु पदमार्गमापर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो ।
घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्