Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


शेयरबजार वियरिस ट्रेन्डमै थामियो


0
Shares

काठमाडौं, असोज ६ । साताको अन्तिम दिन विहीबार पनि शेयरबजार वियरिस ट्रेन्डमै थामियो ।

यसदिन पनि बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १७ सय ६६ मा आइपुग्यो । कारोबार पनि १ अर्ब भन्दा कममै खुम्चियो ।

बैंक तथा वित्तीय संस्थाका शेयर मूल्य ओरालो लागेसँगै नेप्से झरेको हो । उत्पादनमूलक समूह, वाणिज्य बैंक, विकास बैंक र वित्त समूह ओरालो लागेका हुन् ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च ६७ अंकले झर्‍यो भने वाणिज्य बैंक समूह पनि १९ अंकले ओर्लियो । विकास बैंक समूह ९ अंकले ओरालो लाग्यो । होटल, बीमा, जलविद्युत् र अन्य समूह भने सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको ९ लाख १६ हजार कित्ता शेयर ९० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।