काठमाडौं, असोज ६ । रोयल एनफिल्डले ‘हिमालयन’ नामक नयाँ बाइक नेपाली बजारमा भित्र्याएको छ ।
भारतीय आइजर मोटर्सको सहउत्पादन रोयल एनफिल्डका लागि नेपालको अधिकृत विक्रेता दुगढ एन्ड सन्सले यी बाइक भित्र्याएको हो ।
कम्पनीले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन मोटरसाइकलको बुकिङ खुला गरिएको जानकारी गरायो ।
एलएस ४१० सीसीको यो बाइक नेपाली सडकका लागि सुहाउँदो रहेको दुगढ एन्ड सन्सका अध्यक्ष मोतिलाल दुगढले बताए ।
ग्रेनाइट र स्नो दुई रंगमा उपलब्ध यी बाइकको स्थानीय बजार मूल्य ५ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्