१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


सिँचाइमन्त्री गिरी अस्पताल भर्ना


0
Shares

                                                     फाइल फोटो

काठमाडौं, असोज ६ । स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन् ।

अकस्मात् रक्तसन्चारमा खराबी देखिएपछि उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राति भर्ना भएको मन्त्री गिरीका स्वकीयसचिव युवराज जिसीले राससलाई जानकारी दिए ।

डा. यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कनसक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताए ।

उनलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष एवं शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुगेका थिए । रासस