
धादिङ, असोज ७ । जिल्ला वन कार्यालय धादिङले रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएर भत्काएको छ ।
जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा दुईवटा डोजरसहित शुक्रबार बिहान ४ बजे वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरीले रेडियोका पत्रकारलाई दुर्व्यवहार गर्दै भवन भत्काएका हुन् ।
त्यसैगरी रेडियोमाथि भएको आक्रमणको निरीक्षण गर्न पुगेको गैह्रसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुलीलगायत माथि पनि हातपात भएको छ ।
भवन भत्काइएपछि रेडियोका सम्पूर्ण उपकरण ध्वस्त भएका छन् । रेडियो स्टेशनका अनुसार १ करोड बराबरको क्षति भएको छ । हिंसा पीडित महिलाहरु बस्दै आएको सुरक्षित आवास गृहको भवन पनि भत्काइएको छ ।
जिल्ला वन कार्यालयले रेडियो रहेको भवन र जग्गा वन क्षेत्रभित्र रहेको बताउँदै आएको छ भने रेडियो धादिङले सो जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्