
कञ्चनपुर, असोज ७ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१३ पिपरैयामा जंगली हात्तीको आतंक बढेको छ ।
शुक्लाफाटा आरक्षको जंगलबाट आउने करिब ३० वटा हात्तीको समुहले यस क्षेत्रका दर्जनौं कृषकको धनमाल नष्ट गरेको स्थानीयले बताएका छन् ।
जंगली हात्तीको ठूलो बथान गाउँ पस्न थालेपछि त्यस क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् ।
हात्तीको बथानले घरगोठसहित अन्न, लत्ताकपडा, फर्निचर नोक्सान गरीदिएको स्थानीयको गुनासो छ । हात्तीले अधिकांसको घरका झ्याल, ढोका, चर्पिघर समेत भत्काएका छन् ।
हात्ती धपाउन साइरन, तारवारलगायतको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्