१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


रोल्पामा नयाँ यातायात सेवा संचालन


0
Shares

रोल्पा, असोज ७ । रोल्पा यातायात प्रालिले रोल्पामा यातायात सेवा सञ्चालन शुरु गरेको छ ।

प्रालिले रोल्पादेखि काठमाडौंसम्मका लागि सुविधा सम्पन्न एसीसहितको डिलक्स बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका चारवटा डिलक्स बस सञ्चालनमा आइसकेका छन् भने कात्तिक महिनाभित्रै थप तीनवटा बस सञ्चालनमा ल्याइने अध्यक्ष मिलन पुनले जानकारी दिए ।

प्रालिले रोल्पा–काठमाडौं हुँदै अन्य स्थानमा पनि यातायात सञ्चालन गर्ने जनाएको छ । यसअघि रोल्पामा जलजला यातायातले मात्र सेवा दिँदै आएको थियो ।