
काठमाडौं, असोज ७ । सार्वजनिक यातायातले दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि शुक्रबारबाट बसको टिकट बुकिङ खुल्ला गरेका छन् ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । लामो दूरीका बसको टिकट बुकिङ सुरु भए पनि काठमाडौंबाट नजिकका जिल्लाका लागि भने केही दिनपछि मात्र बुकिङ खुला गरिने भएको छ ।
टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष रहने जनाएको छ ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्