काठमाडौं, असोज ७ । मुलुकको आर्थिक सम्मृद्धिका लागि उद्योग मन्त्रालयलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
उनीहरुले मुलुक राजनीतिक संक्रमण अन्त्यको दिशामा गएको भन्दै अब आर्थिक सम्मृद्धिका दिशामा अघि बढ्न सरकारलाई सुझाव दिए ।
उद्योग समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले उद्योग दर्तालाई सहज बनाउदै जानुपर्नेमा जोड दिए । उद्योगसम्बन्धी नयाँ विधेयकबारे छलफल गर्न बसेको बैठकमा उद्योग मन्त्री नविन्द्रराज जोशीले आर्थिक सम्मृद्धिका लागि नयाँ उद्योग नीति आवश्यक भएको बताए ।
उनले उद्योग नीति छिटो पारित गर्न सांसदहरुलाई आग्रहसमेत गरे ।
सरकारले बन्द रहेका उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको भन्दै उनले नेपाल औषधि लिमिटेड अब छिट्टै सुरु हुने जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्