फिदिम, चैत २४ । तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा बिर्तामोड यूनाइटेड झापा विजयी भएको छ ।
रेडहर्स इलामलाई टाईबेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै विर्तामोड यूनाइटेड विजयी भएको हो । निर्धारित समयसम्म खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
खेलको म्यान अफ दि म्याच यूनाइटेड झापाका योगेश गुरुङ भए ।
प्रतियोगिताको उद्घाटन खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ गोलअन्तरले पराजित गर्दै मोरङ विजयी भएको थियो । भोलिको खेल मोरङ र पाँचथर क्लवबीच हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैँया पाउने छन् ।








प्रतिक्रिया दिनुहोस्