Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मेलम्ची आयोजनाको सुरुङमार्गको निरीक्षण गर्न पुगे प्रधानमन्त्री


0
Shares

सिन्धुपाल्चोक, असोज ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् ।

शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत् जानकारी गराएका थिए ।

सो अवसरमा कामु मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । रासस