१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


सेनाको ‘गायब भएको’ हतियार भेटियो


0
Shares

                                               फाइल फोटो

भीमदत्तनगर, असोज ७ । साउनको तेस्रो साता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल, डोटीबाट हराएको हतियार र गोली फेलापरेको छ ।

पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एकथान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो ।

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताए ।

उनले भने–‘हतियार लोकेट भइसकेकाले भेरिफाइ हुने काम भइरहेको छ । ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’

हतियार खोज्न बिहीबारमात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो । रासस