Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संविधान कार्यान्वयन महत्वपूर्ण, सबै दलको साझा समझदारी बन्नुपर्छ : देउवा


0
Shares

                                                          फाइल फोटो
काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली कांग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा शुक्रबार लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई सबै दलले आत्मसात् गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र, सीमा र संख्या निर्धारण गरेरमात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

स्थानीय निकायको निर्वाचन नभएको झन्डै २० वर्ष पुगेको छ । स्थानीय निकायको निर्वाचन नहुँदा सर्वसाधारणको विकास निर्माणमा प्रत्यक्ष सहभागिता हुन सकेको छैन ।

कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएको औंल्याउँदै सबै दलको साझा समझदारी बन्नुपर्ने बताए ।

तरुण साप्ताहिक पत्रिकाका प्रधानसम्पादक परशुराम घिमिरेले सम्पादन गरेको सो कृतिले २००३ देखि २००७ सम्म सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनका गतिविधि तथा महत्वपूर्ण ऐतिहासिक घटनाको संकलन गरेको छ ।

कार्यक्रममा सो पत्रिकामा लामो समयसम्म कार्यरत् पत्रकार विन्दुकान्त घिमिरेलाई नगद रु २१ हजार र कदरपत्र प्रदान गरी सभापति देउवाले सम्मान गरेका थिए । रासस

Skip This