Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दसैंलक्षित चेम्बर मेला भृकुटीमन्डपमा सुरु, सात देशको सहभागिता


0
Shares

काठमाडौं, असोज ७ । दसैंलक्षित चेम्बर एक्स्पो राजधानीस्थित राजधननीको भृकुटीमन्डपमा सुरु भएको छ ।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल चेम्बर अफ कमर्सले वर्षेनि आयोजना गर्दै आएको एक्सपोको अर्को संस्करणको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यो प्रदर्शनी विगतको प्रदर्शनीभन्दा फरक रहेको दाबी गरे ।

सात मुलुकको सहभागिता रहेको प्रदर्शनीमा मनोरन्जनको पनि विशेष व्यवस्था गरिएको उनले उल्लेख गरे ।

मेलामा नेपालसहित जापान, बंगलादेश, चीन, भारत, पाकिस्तानलगायतका मुलुकका मौलिक वस्तुहरु राखिएका छन् । योपटकको प्रदर्शनीमा जापान साझेदार मुलुककारुपमा रहेको छ ।

मेलामा हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निर्माण सामग्री, छालाजन्य वस्तुका साथै अटोमोबाइल, इलेक्ट्रोनिक एवं इलेक्ट्रिक उपकरण, फ्लोरिङ र फर्निसिङ, घरायसी सामान, फेसनका सामानसहितका १ सय ७५ ओटा अवलोकनकक्ष राखिएका छन् ।

मेलाको दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला ११ गतेसम्म चल्नेछ ।