१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


इङ्लिस लिगमा आज चर्चित क्लबहरुबीच रोमाञ्चक भिडन्त


0
Shares

काठमाडौं, असोज ८ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज ८ खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुकी सवा ५ बजे म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् ।

बेलुकी पौने ८ बजे हुने खेलमा एएफसी बर्नमाउथ र एभर्टन, लिभरपुल र हल सिटी तथा मिडल्सब्रो र टोटनहाम हट्स्पर भिड्दै छन् ।

सोही समयमा स्टोक सिटी र वेष्टब्रोम, सण्डरल्याण्ड र क्रिष्टल प्यालेस तथा स्वान्सी सिटी र म्यानचेष्टर सिटी पनि भिड्दै छन् ।

प्रिमियर लिग फुटबलअन्तर्गत आजै हुने बहुप्रतिक्षित खेलमा बेलुकी सवा १० बजे आर्सनल र चेल्सी आमनेसामने हुँदै छन् ।

पाँचौ चरणका खेलहरु सकिंदासम्म शतप्रतिसत विजयी नतिजा निकाल्दै म्यानचेष्टर सिटी अंक तालिकामा शीर्ष स्थानमा छ ।

१३ अंक जोडेको एभर्टन दोस्रो, ११ अंक जोडेको टोटनहाम हट्स्पर तेस्रो तथा १० अंक जोडेको आर्सनल चौथो स्थानमा छ ।