
काठमाडौं, असोज ८ । समाजमा फेरि असुरक्षा बढ्न थालेको गुनासो सर्वसाधारण नागरिकले गरेका छन् ।
काठमाडौंको टुँडालदेवीमा शनिबार नागरिक र प्रहरीबीच गरिएको सार्वजनिक बहस कार्यक्रममा सर्वसाधारणले यस्तो गुनासो गरेका हुन् ।
लुटपाट र विद्यालयहरुमा बम आतंकका कारण अभिभावकहरुले निर्धक्क बालबालिकालाई विद्यालय पठाउने वातावरण नभएको गुनासो प्रहरीसमक्ष गरेका हुन् ।
कुनै राजनीतिक दबाब वा प्रलोभनमा नपरी सुरक्षा व्यवस्था कडा गर्न उनीहरुले प्रहरीको ध्यानाकर्षण गरे ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी समाजको अभिन्न अंग रहेकाले आमनागरिकको सहयोगले समाजमा शान्ति–सुरक्षा कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘निष्पक्ष र निःशुल्करुपमा जनताको सेवा गर्नु प्रहरीको कर्तव्य हो’ भन्दै उनले कुनै प्रलोभन वा राजनीतिक दबाबमा परेर काम गर्न थालिए प्रहरी संगठनको औचित्य नै सकिने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्