Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बजार अनुगमनमा म्याद नाघेका सामग्री बरामद


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, असोज ८ । जिल्ला प्रशासन कार्यालय पाँचथरले शनिबार सदरमुकाम फिदिममा अनुगमन गरी म्याद नाघेका पेयपदार्थ, खाद्यान्नलगायतका वस्तु नस्ट गरेको छ ।

अनुगमनकाक्रममा अधिकांश पसल दर्ता नगरी सन्चालन गरिएका तथा इजाजत नलिइ किराना पसलहरुले मदिरा र सुर्तीजन्य वस्तु बिक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ताको टोलीले संयुक्त बजार अनुगमन गरेको थियो ।