२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपाली साहित्य, संगीत र नाट्य क्षेत्रलाई विश्वव्यापी बनाऔं: प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज ९ । प्रधानमन्त्री एवं नेपाली संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक पुष्पकमल दाहालले संङ्गीत, कला र साहित्य नेपालीको परिचय भएको बताएका छन् ।

नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नवौं प्राज्ञ सभाको राजधानीमा उद्घाटन गर्दै उनले नेपाली साहित्य, संगीत र नाट्य क्षेत्रलाई विश्व व्यापीकरण गर्नु आवश्यक रहेकोमा जोड दिए ।

प्रगतिशिल साधना, सृजना र संस्कृतिबाट मुलुकको विकासलाई अगाडि बढाउन सकिने भन्दै उनले नेपाली संगीतको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

नेपाली संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नेपालको संगीत क्षेत्रको विकास र आधुनिकीकरण आवश्यक रहेको बताए ।

संङ्गीत, कला, साहित्य र नाट्य विधाप्रति सरकार उदासीन रहेको भन्दै उनले सांस्कृतिक धरोहरको विकासको लागि सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।