
सोलु, असोज ९ । सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
जुभिङ–५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मिक रुपमा हेलिकप्टरलाई सोही हेलिप्याडमा अवतरण गराएका थिए ।
हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेकोे प्रहरीले जनाएको छ ।
बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला विमानस्थलबाट बुक्सा आएको थियो ।
दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्