Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


पाँचथर गोल्डकप सुरुः उद्घाटन खेलमा मोरङ विजयी


0
Shares

पाँचथर । तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

फिदिममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ गोलअन्तरले पराजित गर्दै मोरङले विजयी सुरुआत गरेको हो ।

मोरङलाई जिताउन विदेशी खेलाडी अरर्मन एक्लैले चार गोल गरे । उनले खेलको १० आंै, १७ औं, २२ औं र ५३ औं मिनेटमा गोल गरेका हुन् ।

हेमन्त थापाले ३९ औं र संजोग राईले ६३ औं मिनेटमा एक–एक गोल गरे ।

ताप्लेजुङका लागि सन्त राईले ६० औं मिनेटमा सान्त्वना गोल फर्काए ।

प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जिलिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौंडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरी सहभागी छन् ।

वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख पाउनेछन् ।