धनकुटा, असोज ९ । धनकुटामा पशुरोग परीक्षण केन्द्र तथा प्रयोगशाला निर्माण हुने भएको छ ।
पशुसेवा विभागको करिब २८ लाख रुपैयाँको लागतमा जिल्ला पशु सेवा कार्यालय धनकुटामा परीक्षण केन्द्र तथा प्रयोगशाला बन्न लागेको हो ।
कोशी पहाडी जिल्लामा पहिलोपटक बन्न लागेको केन्द्रमा गोबर, पिसाब, रक्त, थुनेलोसहितका पशुजन्य रोगको परीक्षण गर्न सकिने जिल्ला पशु सेवा कार्यालय धनकुटाका प्रमुख जीवनकुमार सिंहले जानकारी दिए ।
केन्द्र निर्माणपछि धनकुटासहित भोजपुर, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाका हजारौं पशुपालक कृषकले सेवा पाउने छन् । प्रयोगशाला अभावमा सामान्य रोगको परीक्षणका लागि पनि क्षेत्रीय कार्यालय विराटनगर तथा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता थियो ।





प्रतिक्रिया दिनुहोस्