Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


शेयर बजारमा ३६ अंकको गिरावट


0
Shares

काठमाडौं, असोज ९ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो ।

बजार परिसूचक नेप्से ३६ अंकले झरेर १७३० मा आइपुग्यो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च २ सय ४७ अंकको गिरावट आयो । होटल समूह ६२ अंकले ओर्लियो । जलविद्युत समूह ५७ अंकले ओरालो लाग्यो । विकास बैंक समूह ५५ अंकले झर्‍यो ।

त्यसैगरी उत्पादनमूलक समूहमा ४० अंक बराबरको गिरावट आयो । वाणिज्य बैंक समूहमा पनि २८ अंकको कमी आयो । वित्त र अन्य समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको साढे ११ लाख कित्ता शेयर १ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।