
सुर्खेत, असोज ९ । सञ्चारमन्त्री राम कार्कीले झिंगालाई गोली नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
पछिल्लो समय नेपाली मिडियाहरुमा नकरात्मक समाचारहरु मात्र आउने गरेको गुनासो गर्दै उनले पत्रकारहरुलाइ यस्तो आग्रह गरेका हुन् ।
सुर्खेतमा प्रेस सेन्टर नेपाल, ६ नम्बर प्रदेशको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नकारात्मक छोडी खोजमुलक र सकारात्मक समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा मन्त्री कार्कीले सबै सञ्चार माध्यममा न्युनतम पारिश्रमिक लागू गरेरै छाड्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्