
काठमाडौं, असोज ९ । अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित छात्रबृत्ति योजना ल्याएको जनाएको छ ।
विश्वविद्यालयको ला ट्रोब बिजनेस स्कुलका प्राध्यापकले काठमाडौंमा पत्रकार सम्मेलन गरी छात्रबृत्ति र नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक पल म्याथरले विश्वविद्यालयले १५ देखि २५ प्रतिशतसम्मको छात्रबृत्ति योजना ल्याएको बताए । पछिल्लो समयमा ला ट्रोब विश्वविद्यालयप्रति नेपाली विद्यार्थीहरुले धेरै रुची देखाएको पनि विश्वविद्यालयको दाबी छ ।
विश्वविद्यालयले स्नातक एवं स्नातकोत्तर तहमा नयाँ कार्यक्रम ल्याएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्