काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् ।
लिग लिडर बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पार्यो ।
घरेलु मैदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–० ले हराएको हो । बार्साका लागि लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे ।
ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा रियाल मड्रिडले आईबारलाई २–१ ले हरायो । रियालका लागि दुबै गोल करिम बेन्जमाले गरे ।
गएराति भएका अन्य खेलमा ईस्पानियोलले जिरोनालाई २–१ ले हराउँदा रायो भायकानोले भ्यालेन्सियामाथि २–० को जित निकाल्यो ।
गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७३ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ६२ अंक रहँदा ६० अंकसहित रियाल मड्रिड तेस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्