१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु


0
Shares

चितवन, असोज १० । माडी नगरपालिका–३ रुपजीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैंडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

आइतबार साँझ ५ बजेतिर गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैंडाले सुनुवारलाई आक्रमण गरेको हो । (रासस)