Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कांग्रेसले स्थानीय निर्वाचनमा महिलाको सहभागिता बढाउने


0
Shares

काठमाडौं, असोज १० । नेपाली कांग्रेसका नेताहरुले अब हुने स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता बढाइने बताएका छन् ।

पद्यमकन्या क्याम्पस नेपाल विद्यार्थी संघले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले अब हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन र आफूपनि उम्मेदवार हुने गरी लाग्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

पार्टीमा अपेक्षाकृत रुपमा महिला सहभागिता बढाउन नसकिए पनि अब निर्वाचनमा भने महिला सहभागिता बढाइने उनीहरुले बताएका हुन् ।

उनीहरुले अबको स्ववियु निर्वाचनमा पनि सबै क्याम्पसमा महिलाको सहभागिता बढाइने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु एनपी साउद, धनराज गुरुङ, सरीता प्रसाई, नेविसंघ अध्यक्ष नयनसिंह महर लगायतले विद्यार्थी राजनीतिको महत्वबारे चर्चा गरेका थिए ।

Skip This