काठमाडौं, असोज १० । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिँदै त्यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका छन् ।
रिपोर्टर्स् क्लबले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै निःशुल्क आएको प्रवेशाज्ञामा बिचौलियाले सोझा–सीधा कामदारसँग भित्र–भित्र रकम असुलेकामा त्यसको नियमन तथा अनुगमन गरिने जानकारी गराए । रासस





प्रतिक्रिया दिनुहोस्