Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश


0
Shares

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति वेम्बले रंगशालामा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राईटनलाई १–० ले हरायो ।

खेलको चौथो मिनेटमै म्यान सिटीका ग्याब्रिएल जिससले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै सिटीले सिजनमा सबै चार उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

सिटीले अब वुल्भरह्याम्पटन वान्डरर्स र वाट्फोर्डबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।