
चितवन, असोज १० । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतमा सोमबार (आज) ८ जना वकिलहरुले बहस गरेका छन् ।
जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा भइरहेको सुनुवाइमा प्रतिवादीहरुको तर्फबाट ८ जनाले बहस गरेका हुन् ।
प्रतिवादीको तर्फबाट बहस गर्नेहरुमा धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, रमेश मैनाली, दीनमणि पोखरेल र भोजराज सुवेदी रहेको चितवन जिल्ला अदालतले जनाएको छ ।
सुनुवाइअन्तर्गत् आइतबार सरकारी र जाहेरवालाकोतर्फबाट ९ जनाले बहस गरेका थिए ।
बहस सकिएलगत्तै मुद्दाको फैसला हुने सम्भावना छ । मंगलबार पनि केहीले बहस पेस गर्नेछन् ।
२०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्