११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘परोपकार संस्था’लाई बचाउन सक्दो सहयोग गर्छु : मन्त्री गगन थापा


0
Shares

काठमाडौं, असोज १० । स्वास्थ्यमन्त्री गगन थापाले नेपालको जेठो परोपकारी संस्था ‘परोपकार संस्था’लाई बचाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

७०औं परोपकार स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले परोपकार संस्थाको भौतिक सम्पत्तिमा भैरहेको अतिक्रमणलगायतका विषयको अध्ययन गरी संस्थालाई बचाउन प्रयास गर्ने बताए ।

सो संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले परोपकारको नाममा रहेको भक्तपुरको दुवाकोटको जग्गामा वीर अस्पताल बनाउने निर्णय र परोपकार प्रसूतिगृहलाई सरकारीकरण गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरे ।

सो अवसरमा भूकम्पबाट पूर्णक्षतिग्रस्त भएको परोपकार अनाथालय, केन्द्रीय चिकित्सालयको स्तरोन्नति र एम्बुलेन्स सन्चालनका लागि सहयोग गर्ने १४ जनालाई सम्मान गरिएको थियो ।

नेपालका पहिलो रक्तदाता एवं समाजसेवी दयावीरसिंह कंसाकारले आजभन्दा ७० वर्षअगाडि यो संस्था स्थापना गरेका थिए । तर, हाल यो संस्था दयनीय अवस्थाबाट गुज्रिरहेको छ ।